काठमाण्डौ। अन्नपूर्ण केबलकार लिमिटेडले फागुन ११ गते वार्षिक साधारण सभा बोलाएको छ । माघ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासनका लागि आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा समेत ३१ लाख कित्ता आईपीओ निष्कासनका लागि पुस २५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
सभाले गत आर्थिक वर्ष ०७९८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ ।
अर्थ चाैतारी ।