logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेपाल ल्युव आयलको नगद लाभांश वितरण

    नेपाल ल्युव आयलको नगद लाभांश वितरण

    871
    SHARES
    नेपाल ल्युव आयलको नगद लाभांश वितरण

    काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले यस वर्षको ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको छ । कम्पनीले यस वर्ष नगद लाभांशसँगै २५ प्रतिशत बोनस शेयर पनि वितरण गर्न लागेको छ । नगद र बोनस शेयर वितरण गर्ने प्रस्ताव कम्पनीको पुस २५ गते सम्पन्न ३२औं वार्षिक साधारण सभाबाट पारित भएको थियो ।



    बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएको बताएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो ।

     

    बुक क्लोजको आधारमा पुस ९ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २५ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट