logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • घोराही सिमेन्ट उद्योगका म्यानेजरमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

    घोराही सिमेन्ट उद्योगका म्यानेजरमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

    754
    SHARES
    घोराही सिमेन्ट उद्योगका म्यानेजरमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ

    काठमाण्डौ । दाङको घोराहीस्थित घोराही सिमेन्ट उद्योगका म्यानेजर विष्णु घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । परिवारसहित सिमेन्ट उद्योगभित्र क्वाटर लिई बसेका घिमिरेमाथि कुटपिट गरेको जाहेरी परेपछि घोराही गोग्लीकै ४५ वर्षीय वसन्त अधिकारी, ३८ वर्षीय यादव अधिकारी र ४० वर्षीय खिमबहादुर डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।



     

    पक्राउ परेका तीनै जनाविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वसन्त स्थानीय माओवादी नेता हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी जनक मल्लले अनधिकृत क्षेत्रमा प्रवेश गरेर आपराधिक उपद्रो गरेको कसुरमा तीन जनाविरुद्ध अदालतबाट म्याद थप भई घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

     

     

    सिमेन्ट उद्योगका महाप्रबन्धक नन्दकिशोर सिंहले उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । उनीहरुले सिमेन्ट उद्योगमा एकलौटी रूपमा कामदार सप्लाई र आफ्ना मात्रै टिपर चलाउन पाउनुपर्ने माग राख्दै घिमिरेमाथि कुटपिट गरेको एसपी केसीले बताए ।

     

    फौजदारी अभियोग भएकाले दाङ जिल्ला अदालतले थप अनुसन्धान गर्न ५ दिनको समय दिएको र अहिले उनीहरूलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए । क्वाटरमा परिवारसहित बसेको व्यक्तिमाथि धाक धम्की र डर देखाई हुल हुज्जत गर्नु गैर कानुनी काम भएको र त्यसरी अनधिकृत क्षेत्रमा प्रवेश गरेमा ६ महिना कैद वा ५ हजार जरिवाना र आपराधिक उपद्रो गरेमा ५ वर्ष कैद वा २० देखि ५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको डिएसपी मल्लले बताए ।

     


    अर्थ चाैतारी
  • आइतबार, ६ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट