logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • चितवनमा ५ सय ४२ केजी गाँजा बरामद, दुई जना प्रकाउ

    चितवनमा ५ सय ४२ केजी गाँजा बरामद, दुई जना प्रकाउ

    1.8K
    SHARES
    चितवनमा ५ सय ४२ केजी गाँजा बरामद, दुई जना प्रकाउ

    काठमाण्डौ । चितवनबाट प्रहरीले ५ सय ४२ किलो गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजे राप्ती ३ स्थित पूर्व(पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको ५ सय ४२ किलो गाँजा बरामद गरिएको हो ।



     

    इलाका प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा रोकिराखेको देखेपछि दुबै ट्रकको चेकजाँच गर्दा ३० वटा पोका ठूलो परिमाणमा गाँजा भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बरामद भएको गाँजा धादिङ, मकवानपुर र चितवनका पहाडी क्षेत्रमा उत्पादन गरिएको हुनसक्ने बताए।

     

    प्रहरीले डिब्बा ट्रकका चालक धनकुटा छथर जोरपाटे ३ का ३२ वर्षका रमेशनाथ दाहाल र अर्को ट्रकमा सवार कपिलवस्तु बुद्धभूमि ४ का २५ वर्षीय खुशीराम थारूलाई पक्राउ गरेको छ। ट्रकका चालक फरार छन्।

     


    अर्थ चाैतारी
  • सोमबार, ७ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट