logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आजदेखि सर्वोत्तमको आईपीओ बिक्री खुला, आवेदन दिन १८ हजार ४५ रुपैयाँ चाहिने

    आजदेखि सर्वोत्तमको आईपीओ बिक्री खुला, आवेदन दिन १८ हजार ४५ रुपैयाँ चाहिने

    3.2K
    SHARES
    आजदेखि सर्वोत्तमको आईपीओ बिक्री खुला, आवेदन दिन १८ हजार ४५ रुपैयाँ चाहिने

    काठमाण्डौ । आजदेखि सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ने भएको छ । उत्पादनमूलक उद्योग सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको मूल्य तय गरेको थियो । यससँगै, सर्वसाधारणले यो कम्पनीको आईपीओमा प्रतिकित्ता ३६०.९० रुपैयाँमा आवेदन दिन पाउनेछन् ।



     

    फागुन १६ गतेसम्म आवेदन दिन पाइने सेयरमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने हुन्छ । यसअनुसार सर्वसाधारणले सर्वोत्तमको आईपीओ किन्न आवेदन दिँदा आफ्नो खातामा १८ हजार ४५ रुपैयाँ हुनुपर्छ । सर्वोत्तम सिमेन्टले नेपालको पुँजीबजारको इतिहासमा नै पहिलोपटक बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन लागेको हो ।

     

    यसपछि, रिलायन्स स्पिनिङ मिल्सले यही विधिबाट आईपीओ बिक्री खुलाउन अन्तिम चरणमा छ । नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित यो कम्पनीले सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर छुट्याइएको छ । कम्पनीले यसअघि, सामूहिक लगानी कोष, वैदेशिक रोजगारीमा गएका, आयोजना प्रभावित स्थानीय र कर्मचारीलाई सेयर बिक्री गरिसकेको छ ।

     

    उद्योगले आफ्नो जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९०३३ प्रतिशतका दरले हुने ६० लाख कित्ता सेयर बिक्रीका लागि ल्याएको थियो । यो सेयरको मूल्य निर्धारण संस्थागत लगानीकर्ताले बोलकबोल प्रक्रियामार्फत ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर बुक बिल्डिङ प्रक्रियामा किनिसकेका छन् । यसक्रममा कट अफ मूल्य ४०१ रुपैयाँ प्रतिकित्ता कायम भएको थियो ।

     

    यसपछि, २ लाख ६७ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई बाँडफाँड भइसकेको छ । यस्तै, स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता र कर्मचारीका लागि १ लाख ५४ हजार २२७ कित्ता सेयर बाँडफाँड भइसकेको छ । बुक बिल्डिङ प्रक्रियाबाट बाँकी रहेको ३६ लाख कित्ताबाट बाँकी रहेको ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार २२७ कित्ता सेयर नै सामूहिक लगानी कोषलाई बाँडफाँड भइसकेको छ ।

     

    यसबाट बाँकी रहेको २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाउन लागेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४.३३ रुपैयाँ छ । यस्तै, प्रतिसेयर आम्दानी २२.११ रुपैयाँ र जगेडा तथा कोषमा ४८ लाख ५१ हजार रुपैयाँ छ ।


    अर्थ चाैतारी
  • आइतबार, १३ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट