logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • ठमेल प्लाजाले आइपीओ ल्याउने, चैत ७ गते १२ औँ वार्षिक साधारणसभा आह्वान

    ठमेल प्लाजाले आइपीओ ल्याउने, चैत ७ गते १२ औँ वार्षिक साधारणसभा आह्वान

    1.3K
    SHARES
    ठमेल प्लाजाले आइपीओ ल्याउने, चैत ७ गते १२ औँ वार्षिक साधारणसभा आह्वान

    काठमाण्डौ । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आइपीओ ल्याउने प्रस्ताव पारित गर्न १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। होटल सञ्चालक समितिको बैठकले आउँदो चैत ७ गते वार्षिक साधारणसभा डाकेको हो। सभा होटलको सभाकक्षमा दिउँसो ४ बजेबाट सुरु हुनेछ।



    सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर निष्कासन ९आइपीओ० गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ ल्याउन नियमनकारी निकायहरुबाट कुनै किसिमको फेरबदल, संशोधन एवं थपघटसम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोहीबमोजिमको आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि पनि सभाले अनुमोदन गर्नेछ।

    सभाले पुँजी संरचना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारिन गर्नुका साथै बैंक तथा वित्तीय संस्थाबाट चुक्तापुँजी र सञ्चित मुनाफा ९फ्री रिजर्भ०भन्दा बढी ऋण लिने तथा सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ।

    सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट