logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • २४ करोड २० लाख राजस्व चुहावटमा दोषी दुईजना पक्राउ

    २४ करोड २० लाख राजस्व चुहावटमा दोषी दुईजना पक्राउ

    1.1K
    SHARES
    २४ करोड २० लाख राजस्व चुहावटमा दोषी दुईजना पक्राउ

    काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २४ करोडभन्दा बढी राजस्व चुहावटमा संलग्न दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। यो प्रकरणमा पर्नेहरूमा धादिङ घर भएकी २९ वर्षीया कुमारी गुरुङ र पर्सा घर भएका ४१ वर्षीय प्रदीप कुमार गुप्ता रहेका छन्।



    गुरुङ प्रोपाइटर रहेको न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी उक्त फर्मको बैंक खाता सञ्चालक गुप्तासमेत बसेर मिलोमतो गरी राजस्व चुहावट गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मालवस्तु खरिदबिक्री नगरी नक्कली कर बिजक जारी गरी संकलन भएको भ्याट रकम र आम्दानीमा कानुन बमोजिम तिर्नुपर्ने आयकर नतिरी राजस्व चुहावट गरेको पाइएको छ।

     

    राजस्व चुहावटको मुद्दामा उच्च अदालत पाटनले गत २०७९ भदौ २५ मा गुरुङ र गुप्तालाई एक–एक वर्ष कैद र जनही १२ करोड १० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। फैसलापछि फरार रहँदै आएका उनीहरूलाई बुधबार भरतपुरबाट सीआईबीको टोलीले पक्राउ गरेको हो। उनीहरूलाई बिहीबार काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १७ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट