logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा सम्पन्न

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा सम्पन्न

    1.7K
    SHARES
    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।



    सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गरेको छ । सभाले कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल, कृति टिवडेवाल र सर्वसाधारणस समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

     

    संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ । सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवासुविधा पुनरावलोकन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २० फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट