काठमाण्डौ। सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँट सम्पन्न भएको जानकारी दिएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको थियो । जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । बाँकी रहेको २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता सेयर प्राप्त गरेका छन् ।
कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन सदर भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको छ ।
सर्वोत्तम सिमेन्टको आइपीओ नतिजा यी ३ तरिका
नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेवसाइड https://www.globalimecapital.com/ , सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login , सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ ।
अर्थ चाैतारी ।