logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सेन्ट्रल फाइनान्सको वार्षिक साधारण सभा चैत २३ गते हुने

    सेन्ट्रल फाइनान्सको वार्षिक साधारण सभा चैत २३ गते हुने

    910
    SHARES
    सेन्ट्रल फाइनान्सको वार्षिक साधारण सभा चैत २३ गते हुने

    काठमाण्डौ । सेन्ट्रल फाइनान्सले आफ्नो २७औं वार्षिक साधारण सभा चैत २३ गते गर्ने भएको छ । सभा विहान १० बजेदेखि हुने जनाइएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालयमै आयोजना हुने जनाएको छ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।



    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात तथा मिति २०७९/०४/०१ देखि २०८०/ ०३ / ३१ सम्मको नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाहको विवरण पारित गर्नेछ ।

    सभाले लेखा समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने बारे, संस्थाको नियमावलीको नियम १९ (४) मा संशोधन गर्ने, संस्थाको नियमावलीको प्रस्तावित संशोधनमा नियमन निकायबाट कुनै निर्देशन वा सुझाव दिएमा सोही अनुरुप आवश्यक समायोजन गर्न संस्थाको सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

    कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गर्ने भएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट