logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बागमती प्रदेशमा आजदेखि नेपाल र तामाङ भाषामा सरकारी काम हुने

    बागमती प्रदेशमा आजदेखि नेपाल र तामाङ भाषामा सरकारी काम हुने

    1.1K
    SHARES
    बागमती प्रदेशमा आजदेखि नेपाल र तामाङ भाषामा सरकारी काम हुने

    काठमाण्डौ । बागमती प्रदेश सरकारले आजदेखि नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको माध्यम भाषाका रूपमा प्रयोग गर्ने भएको छ । यी दुई भाषालाई सरकारी कामकाजको भाषा बनाइएको खुसीयालीमा प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।



    आजबाट औपचारिक रूपमा सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन हुँदैछ । २०८० असोज २२ मा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो । कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १ सय ८० औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले आजबाट ऐन कार्यान्वयनको घोषणा गर्न लागिएको हो ।

    ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ । संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले बिहान ९ बजे काठमाण्डौको वसन्तपुरमा औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गर्ने तयारी गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २४ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट