logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • चितवनको इच्छाकामना गाउँपालिकामा ‘कोल्ड ड्रिङ्स’ निषेध

    चितवनको इच्छाकामना गाउँपालिकामा ‘कोल्ड ड्रिङ्स’ निषेध

    884
    SHARES
    चितवनको इच्छाकामना गाउँपालिकामा ‘कोल्ड ड्रिङ्स’ निषेध

    चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमाकोक फ्यान्टा, पेप्सी, स्प्राइट जस्ता ‘कोल्ड ड्रिंक्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न तथा स्वास्थ्यलाई असर गर्ने पेय पदार्थको खपत घटाउन यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।



    गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा तथा गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मी याममा दही र मोहीले स्वागत गरिने इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । गाउँपालिकाभरिका वडा कार्यालयमा पनि यसै अनुसारको सर्कुलर गर्ने तयारी गरेको जानकारी दिए ।

     

    गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिका कार्यालयमा चिसो पेय पदार्थ निषेध गरेको हो । अहिले कार्यक्रम हुँदा गाउँपालिकामा दैनिक १० लिटरसम्म मोही प्रयोग हुने गरेको अध्यक्ष गुरुङले बताए ।

    गाउँपालिकाको यो निर्णय निकै सकारात्मक रहेको चिकित्सकले बताएका छन् । वरिष्ठ फिजिसिएन डा भोजराज अधिकारीले कोल्ड ड्रिङ्सको तुलनामा स्वास्थ्यको दृष्टिकोणले दही र मही धेरै राम्रो भएको जानकारी दिए । तर, उनले दही र महीको गुणस्तरमा भने ध्यान दिनुपर्ने बताए । बासी र बिग्रिएको दही परेमा फुड पोइजन हुने उनले बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, २५ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट