logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • एभरेष्ट र ज्योति विकास बैंकमा दुर्गा प्रसाईं निकट युवाद्वारा तोडफोड

    एभरेष्ट र ज्योति विकास बैंकमा दुर्गा प्रसाईं निकट युवाद्वारा तोडफोड

    793
    SHARES
    एभरेष्ट र ज्योति विकास बैंकमा दुर्गा प्रसाईं निकट युवाद्वारा तोडफोड

    झापा । ऋणीहरुलाई टर्चर दिएको भन्दै झापा जिल्लाको बिर्तामोडस्थित एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड भएको छ।



    केही युवाहरुको समूहले बिहीबार दिउँसो ऋणीहरुलाई टर्चर दिएको भन्दै बैंकको शाखा कार्यालयमा ढुंगामुढा गरेका हुन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ।

    झापाको बुद्धशान्ति गाउँपालिकाका अन्जेस राई, बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङ सहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए। पक्राउ पर्ने अन्य दुईजनाको नाम सार्वजनिक भएको छैन।

    उनीहरु मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ।

    प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संकृति र नागरिक बचाउ महाअभियान’ को युवा संगठन नागरिक युवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीको भनाइ रहेको छ। नागरिक युवा दस्ताका झापा जिल्ला प्रमुख भीम तुम्बापोको नेतृत्वमा विरोेध प्रदर्शन भएको थियो।

    गत वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरी आत्महत्या गरेको भन्दै प्रसाईँका कार्यकर्ता विरोधमा उत्रिएका हुन्। १ सय ५० जना भन्दा बढीको उपस्थितिमा कालो मास्क र नेपालको झण्डासहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए।

    प्रदर्शनकारीले ज्योति विकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरुले एभरेष्ट बैंक रहेको घरमा ढुङ्गा प्रहार गर्दा सो घरको १५, १६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ। ज्योति बिकास बैंकमा भने क्षति नभएको प्रहरीले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट