logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • गायक रवि ओडले गरे आत्मसमपर्ण

    गायक रवि ओडले गरे आत्मसमपर्ण

    715
    SHARES
    गायक रवि ओडले गरे आत्मसमपर्ण

    काठमाण्डौ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा प्रहरीमा आत्मसर्मपण गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।



    ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ओड बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जनाएको छ ।

    उनकै श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । वैवाहिक बलात्कारको जाहेरी परेपछि उनीविरुद्ध पक्राउका लागि प्रहरीले प्रक्रिया अघि बढाएको थियो ।

    प्रहरीका अनुसार ओडमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ३० बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट