logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • बेलायतद्वारा जाजरकोट भूकम्पपीडितलाई दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग

    बेलायतद्वारा जाजरकोट भूकम्पपीडितलाई दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग

    949
    SHARES
    बेलायतद्वारा जाजरकोट भूकम्पपीडितलाई दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग

    काठमाण्डौ । बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई अर्ब १८ करोड ४० प्रदान गरेको छ ।



     

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले संयुक्त रुपमा आज जारी गरेको विज्ञप्तिअनुसार भूकम्प प्रभावित क्षेत्रका ५० हजार मानिसलाई स्वच्छ पेयजल, सरसफाइ, पोषण, खाद्य सुरक्षालगायत आवश्यकता सम्बोधन गर्न उक्त रकम प्रदान गरिएको हो ।

    बहुसाझेदार कोषमार्फत प्राप्त उक्त सहायता राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक एवं मानवीय समन्वयकर्ता हाना सिङ्गर हाम्दी नेतृत्वको टोलीले परिचालन गर्नेछ ।

     

    गत कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६।४ म्याग्निच्युडको कम्पन हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो । भूकम्पलगत्तै बेलायत सरकारले रु आठ करोड ४० प्रदान गरेको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, ३ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट