logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • तराईमा आइतबारसम्म तातो हावा चल्ने सम्भावना, सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव

    तराईमा आइतबारसम्म तातो हावा चल्ने सम्भावना, सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव

    1K
    SHARES
    तराईमा आइतबारसम्म तातो हावा चल्ने सम्भावना, सावधानी अपनाउन स्वास्थ्यकर्मीको  सुझाव

    काठमाण्डौ । केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकाले सावधानी अपनाउन मौसमविद्ले चेतावनी जारी गरेका छन्।



    बिहीबार ‘तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन’ जारी गर्दै खासगरी तराई धेरै गर्मी र हावासमेत तातो हुने भएको जानकारी दिएको हो। , बुलेटिनमा भनिएको छ, ‘ ३ दिन (जेठ ४ देखि ६ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

     

    तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न निम्न उपाय अपनाउन हुन अनुरोध छ।

     

    तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट