logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • शैक्षिक क्षेत्रका विषयमा नेपाल उद्योग परिसंघ र विश्वविद्यालयका उपकुलपतिहरुसँग छलफल

    शैक्षिक क्षेत्रका विषयमा नेपाल उद्योग परिसंघ र विश्वविद्यालयका उपकुलपतिहरुसँग छलफल

    2.9K
    SHARES
    शैक्षिक क्षेत्रका विषयमा नेपाल उद्योग परिसंघ र विश्वविद्यालयका उपकुलपतिहरुसँग छलफल

    काठमाण्डौ। नेपाल उद्योग परिसंघले शैक्षिक क्षेत्रका विषयमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुसँग छलफल गरेको छ ।



    परिसंघको शिक्षा परिषद्को संयोजनमा शुक्रबार पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलिया, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्ण बज्राचार्य र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतमसँग अबको शिक्षाको प्रणाली तथा संयन्त्र कस्ता हुनुपर्ने, विश्वविद्यालय र उद्योगहरुबीच सहकार्यको सम्भावना र बजार केन्द्रित शैक्षिक कार्यक्रमलगायतका विषयमा छलफल भएको हो ।

     

    छलफलमा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले उद्योगको आवश्यकता अनुरुप प्रयोगात्मक शिक्षा प्रणाली आवश्यक रहेको भन्दै यसका लागि परिसंघ विश्वविद्यालयहरुसँग समन्वय, सहकार्य गर्न तयार रहेको बताए ।

     

    लुम्विनि विश्वविद्यालयका उपकुलपति बज्राचार्यले नेपालमा शिक्षाको गुणस्तर बृद्धी गर्न आवश्यक रहेको भन्दै पाठ्यक्रम बजार आवश्यकता अनुसारको बनाउन जरुरी रहेको बताए ।

    पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियाले नेपालले सञ्चालन गरिरहेका प्रोग्राममा पुर्नविचार गर्नुपर्ने बताए । शिक्षामा नयाँपनको आवश्यकता रहेको भन्नुहुँदै पूर्वाञ्चल विश्वविद्यालयमा आर्टिफिसियल इन्टलिजेन्समा स्नातकतहको पाठ्यक्रम सञ्चालनमा ल्याईएको जानकारी गराए ।

    मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति गौतमले विदेशी विद्यार्थीहरुलाई नेपालमा आर्कषित गर्न विश्वविद्यालयहरु र्याङकिङमा केन्द्रीत हुनुपर्ने बताउनुभयो।विद्यार्थिहरुले र्याङकिङमा हेरेर विश्वविद्यालय छनौट गर्ने भएकाले विश्वविद्यालयको र्याङकिङ बृद्धी गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    छलफलमा नेपाल उद्योग परिसंघ शिक्षा परिषद्का सभापति द्धिराज शर्मालगायत सहभागी थिए ।


    अर्थ चाैतारी
  • शनिबार, ५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट