logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

    चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

    1.6K
    SHARES
    चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

    ढाका । चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।



    गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको ५.७ प्रतिशत र विश्व बैङ्कको ५.६ प्रतिशतको पूर्वानुमानसँग नजिकको तथ्याङ्क रहेका समाचार एजेन्सी बीएसएसले सोमबार रिपोर्ट गरेको छ ।

    यसैबीच, चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्याङ्कमा आधारित अनुमानअनुसार प्रतिव्यक्ति आयको पूर्वानुमान अघिल्लो वर्षको दुई हजार सात सय ४९ डलरबाट बढेर चालु आर्थिक वर्षमा दुई हजार सात सय ८४ डलर पुगेको छ ।

    हालको मूल्यमा बङ्लादेशको जीडिपी चार सय ५९ अर्ब डलर रहेको छ, जुन अघिल्लो आर्थिक वर्षमा चार सय ५२ अर्ब डलर थियो । तथ्याङ्कले कृषि र उद्योगमा कमी देखाएको भने सेवामा थोरै वृद्धि भएको देखाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट