logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विकल पौडेलविरुद्ध गैरकानूनीरुपमा सम्पत्ति आर्जनको चौँथो मुद्दा दायर

    विकल पौडेलविरुद्ध गैरकानूनीरुपमा सम्पत्ति आर्जनको चौँथो मुद्दा दायर

    1.3K
    SHARES
    विकल पौडेलविरुद्ध गैरकानूनीरुपमा सम्पत्ति आर्जनको चौँथो मुद्दा दायर

    काठमाण्डौ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।



    अख्तियार अनुसन्धान दुरुपयोग आयोगले सवा अर्ब रुपैयाँ विगो मागदाबीसहित आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    यसअघि सुरक्षण मुद्रण केन्द्रको दुई पटक कार्यकारी निर्देशक र त्यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहदा पौडेलविरुद्ध अख्तियारले करिब एक अर्ब २५ करोड रुपैयाँ विगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    पौडेल हिजोमात्रै सुरक्षण मुद्रण केन्द्रकालागि उपकरण तथा परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका थिए ।

    आज दायर मुद्दासहित विकलविरुद्ध अख्तियारले विशेष अदालतमा चार वटा मुद्दा दायर गरेको छ । त्यसमध्ये एउटामा दोषी ठहर भएका छन् भने दुई वटा विचाराधीन छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ९ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट