logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपाल ४० लाखमा आउने भयो नामी–०१, यस्तो छ विशेषता

    नेपाल ४० लाखमा आउने भयो नामी–०१, यस्तो छ विशेषता

    910
    SHARES
    नेपाल ४० लाखमा आउने भयो नामी–०१, यस्तो छ विशेषता

    काठमाण्डौ । चिनियाँ अटो निर्माता डोङफेङ मातहतको ईभी ब्राण्ड नामी नेपाल आउने भएको छ । नेपालका लागी आधिकारिक वितरक एमएडब्लु बृद्धि अटो कर्पले ह्याचब्याक कार नामी–०१ नेपाल ल्याउन लागेको हो । भन्सार प्रायोजनका लागी कम्पनीले सो कारको अधिकतम खुद्रा मूल्य सार्बजनिक गरेको छ । जसअनुसार नामी–०१ को मूल्य ३९ लाख ९९ हजार तोकिएको छ ।



    चिनियाँ बजारमा यो कार सर्ट र लङ रेन्ज भेरिएन्टमा उपलब्ध छ । नेपाल आउने मोडल कुन भेरिएन्टको हुने विषय तय भइसकेको छैन ।

    सो नयाँ ईभीमा कम्पनीले ३१.४५ र ४२.३ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिएको छ । जसमध्ये सर्ट रेन्जले ३३० र लङ रेन्जले ४३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । फ्रन्ट ह्विल ड्राइभ दिइएको सो नयाँ ईभीमा ७० किलोवाट क्षमताको मोटर जडन गरिएको छ । यसलाई १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

     

    ४०० भोल्टको फास्ट चार्जर सपोर्ट गर्ने नामी–०१ लाई ८ मिनेट चार्ज गर्दा २०० किलोमिटर रेन्ज पाउन सकिने जनाइएको छ । डुअल टोन सेटअपमा निकै आकर्षक देखिनेगरी सो कारको इन्टेरियरमा ठूलो आकारको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एसी भेन्ट्स र टु– स्पोक स्टेरिङ ह्विल पाउन सकिन्छ ।


    अर्थ चाैतारी
  • विहिबार, १० जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट