logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • विदेशमा लुक्ने अभियुक्तलाई ल्याउन सुपुर्दगी सन्धि गरिने

    विदेशमा लुक्ने अभियुक्तलाई ल्याउन सुपुर्दगी सन्धि गरिने

    1.2K
    SHARES
    विदेशमा लुक्ने अभियुक्तलाई ल्याउन सुपुर्दगी सन्धि गरिने

    काठमाण्डौ । सरकारले नयाँ आर्थिक वर्षमा विभिन्न देशसँग सुपुर्दगी सन्धि गर्ने घोषणा गरेको छ । पारस्परिक कानूनी सहायता र सुपुर्दगी सम्बन्धमा विभिन्न राष्ट्रसँग सन्धिहरु गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका हुन् ।



    बजेट भाषणका क्रममा उनले बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गरेका छन् । राष्ट्रिय सेवा दल तालिमलाई स्थानीय तहसम्म विस्तार गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।

    यस्तै सुरक्षाकर्मीको निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गरिने पनि उल्लेख गरिएको छ । कारागारमा कैदीबन्दीको चाप कम गर्न खुला कारागारको अवधारणालाई प्रभावकारी कार्यान्वयन गरिने अर्थमन्त्री पुनले बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट