logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • एनसेल र युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा ७ हजार ७०० वृक्षरोपण गरिने

    एनसेल र युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा ७ हजार ७०० वृक्षरोपण गरिने

    1.9K
    SHARES
    एनसेल र युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा ७ हजार ७०० वृक्षरोपण गरिने

    काठमाण्डौ । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षरोपण गर्न सहकार्य गरेको छ।



    एक युवा, एक विरुवा (वन युथ वन प्लान्ट) अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस २०८१’ को दिन देशभर बृहद् रुपमा वृक्षारोपण गरिने छ।

    एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरुप एक युवा एक विरुवा अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक विरुवा वृक्षरोपण गर्ने छन् र यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ। वृक्षारोपण गरिएका हरेक विरुवाको हेरचाहको जिम्मेवारी वृक्षरोपणमा भाग लिएका युवाको हुनेछ।

     

    यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ। सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरुको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ।

     

    ‘आज विश्व वातावरण दिवसको अवसरमा नेपाल युवा परिषद्सँगको सहकार्यमा ७७ वटै जिल्लामा युवाहरुको साथ देशै वृक्षारोपण गर्नका लागि भएको यस उदाहरणीय कार्यको घोषणा सँगै यस पहलको सुरुवात गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौँ। यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामिण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुदाँ यो अभियानमा परिषदसँग एकसाथ भएर काम गर्न पाउदाँ खुसी लागको छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मि खड्काले भनिन्।

     

    नेपालका युवाहरुका बृहत्तर विकास, नेतृत्व विकास, उद्यमशीलता विकास र सामाजिक रुपान्तरणमा एनसेल आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखि नेपाल सरकार, नेपाल युवा परिषद र अन्य सरोकारवाला निकायहरुसँग काम गर्दै आएको छ।

     

    सन् २०२४ को ‘अन्र्तराष्ट्रिय युवा दिवस २०२४’ मा पनि एनसेलको विशेष सहकार्य रहेको छ। नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखि बृक्षारोपण अभियान संचालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताए।

     

    एनसेलसँगको सहकार्य एवं संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रमले स्थानीय स्तरमा रहेका युवाहरुलाई वातावरण संरक्षणमा जोड्दै युवाहरुलाई सामाजिक रुपान्तरणमा समेत एक्यबद्वता गराउने उद्देश्यका साथ यो अभियान संचानल गर्न लागिएको परिषद्का अध्यक्ष बानियाँको भनाइ छ।लामो समयदेखि युवाका क्षेत्रका क्रियाशिल परिषद्ले विभिन्न तहमा युवालाई जोडेर विगत लामो समय देखि नै वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा समेत कार्य गर्दै आइरहेको छ।

     

    यसअघि नेपाल युवा परिषदले एनसेलसँगको सहकार्यमा ५ वटा प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरिसकेको छ। यसरी गरिएका प्रदेश सम्मेलनमा प्रदेश तथा स्थानीय स्तरमा रहेका युवाहरुलाई युवा उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्तीमा युवाको भूमिका लगायतका विविध विषयवस्तुलाई केन्द्रबिन्दुमा राखि विभिन्न विज्ञहरुको उपस्थितमा कार्यपत्र प्रस्तुत गर्ने समेत गर्दै आईरहेको छ।

     

    सम्मेलनमा सहभागी युवाहरुले प्रादेशिक स्तरको प्रादेशिक कार्ययोजना निर्माण गरी उक्त कार्ययोजनालाई प्रदेशको मुख्यमन्त्री, सामाजिक विकास मन्त्री लगायताका सरोकारवाला निकायलाई बुझाउँदै आईरेहेको छ। बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशमा सम्पन्न भइसकेको उक्त सम्मेलन छिट्टै बाँकी २ प्रदेश र केन्द्रमा समेत आयोजना हुने परिषद्ले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २४ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट