logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • बाल मन्दिर जग्गा प्रकरणमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

    बाल मन्दिर जग्गा प्रकरणमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

    1.1K
    SHARES
    बाल मन्दिर जग्गा प्रकरणमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

    काठमाण्डौ । नक्सालस्थित बालमन्दिरको जग्गा ठगी प्रकरणमा एक जना पक्राउ परेका छन् ।



    नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् ।

    श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेको हो । सीआईबीकाअनुसार श्रेष्ठलाई आज काठमाण्डौबाटै पक्राउ गरिएको हो । बाल मन्दिरको जग्गा भाडा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिनापछि श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको हो ।

    यो प्रकरणमा २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले जनाएको छ । अदालतले अनुमति दिएको एक महिनापछि श्रेष्ठ पक्राउ परेका हुन् ।

    नक्सालस्थित नेपाल बालमन्दिरको नाममा रहेको १ सय १९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ ।

    वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको छ ।

    २०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट