logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • डिम्याट खाता नवीकरण गर्न एनएमबि क्यापिटलको आग्रह

    डिम्याट खाता नवीकरण गर्न एनएमबि क्यापिटलको आग्रह

    897
    SHARES
    डिम्याट खाता नवीकरण गर्न एनएमबि क्यापिटलको आग्रह

    काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाताको नवीकरण शुल्क बुझाउन खातावालाहरूलाई आग्रह गरेको छ ।



    कम्पनीले एनएमबि क्यापिटल, एनएमबि बैंक र एनएमबि सेक्युरिटिज् हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका खातावालाहरूलाई आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो ।

     

    डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ । खातावालाहरूले आगामी साउन १५ गतेभित्र एनएमबि बैंक वा एनएमबि बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट वा आइएमई पे, खल्ती, कनेक्ट आईपीएस र प्रभु पेमार्फत भुक्तानी गर्न सक्नेछन् ।

     

    कम्पनीका अनुसार समयमा सञ्चालन शुल्क नबुझाएमा डिम्याट खाता स्वतः रोक्का हुनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, २० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट