logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • आन्तरिक ऋणको सीमा निर्धारण, संघीय मामिलाद्वारा सबै स्थानीय तहलाई सर्कुलर

    आन्तरिक ऋणको सीमा निर्धारण, संघीय मामिलाद्वारा सबै स्थानीय तहलाई सर्कुलर

    2K
    SHARES
    आन्तरिक ऋणको सीमा निर्धारण, संघीय मामिलाद्वारा सबै स्थानीय तहलाई सर्कुलर

    काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्तरिक ऋणको सीमाका सम्बन्धमा देशभरका सबै स्थानीय तहलाई सर्कुलर पठाएको छ । मन्त्रालयले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आन्तरिक ऋणको सीमा निर्धारण गरेअनुसार निर्णय कार्यान्वयनका लागि बिहीबार सबै स्थानीय तहलाई सर्कुलर पठाइएको जानकारी गराएको हो ।



     

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेका छन् । तीनै तहका सरकारका बीचमा राज्यशक्तिको बाँडफाँट गरिएको छ भने सङ्घ, प्रदेश र स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रही आर्थिक अधिकारसम्बन्धी विषयमा कानुन बनाउने, नीति तथा योजना तयार गर्ने, वार्षिक बजेट तर्जुमा तथा कार्यक्रम कार्यान्वयन, लेखाङ्कन तथा प्रतिवेदन गर्ने र लेखापरीक्षण गराउने कार्य गर्नुपर्ने व्यवस्था छ ।

     

    जसअनुसार बजेट अनुमान गर्दा अनुमानित आयभन्दा व्यय बढी हुने अवस्थामा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले घाटा बजेट ल्याउन सक्ने र सोको व्यवस्थापन सङ्घीय कानुन बमोजिम हुने व्यवस्था रहेको छ । घाटा बजेट पेश गर्दा तीनै तहका सरकारले घाटा पूर्ति गर्ने स्रोतको स्पष्ट आधार समेत खुलाउनु पर्ने व्यवस्था अन्तर– सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा रहेको छ । संविधानतः तीनै तहका सरकारले बजेट घाटा पूर्तिका लागि कानुनबमोजिम ऋण लिन्छन् ।

     

    त्यसैका लागि आयोगले आन्तरिक ऋणको सीमा निर्धारण गरेको हो । स्थानीय सरकारहरूले आन्तरिक ऋण परिचालनको संरचना र प्रक्रियागत प्रबन्ध पूरा भएको अवस्थामा आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र स्थानीय सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सकिने आयोगले निर्णय गरेको छ । त्यसका लागि राष्ट्रिय, प्रादेशिक र स्थानीय नीतिरयोजनामा आधारित भई लागत लाभ विश्लेषणबाट आन्तरिक प्रतिफल दर वा खुद वर्तमान मूल्य उपयुक्त देखिएका देखिनुपर्ने सर्त भने राखिएको छ ।

     

    यसअघि आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा १० प्रतिशत तथा आर्थिक वर्ष २०७७/०७८ देखि आर्थिक वर्ष २०८०/०८१ सम्म १२ प्रतिशत सिफारिस गरिएको थियो । आयोगले सरकारले विगतका वर्षहरुमा आयोगको सिफारिसको सीमाभित्र रहेर आन्तरिक ऋण परिचालन गर्दा आएको भएपनि अधिकांश सुझाव कार्यान्वयनको अवस्था भने कमजोर रहेको औँल्याएको छ । व्यय अनुमान तयार गर्दा खर्चको शीर्षकगत र स्रोतगत विवरणमा आन्तरिक ऋण उल्लेख गर्नुपर्ने सुझाव कार्यान्वयन भएको नपाइएको आयोगले तयार गरेको रिपोर्टमा उल्लेख छ ।

     

    साथै, पुँजी निर्माण हुने खालका आयोजनाहरूमा ऋण परिचालन गर्नुपर्ने सुझाव समेत सरकारले बेवास्ता गरेको देखिएको आयोगको भनाइ छ । घाटा बजेटपूर्तिको एक महत्त्वपूर्ण स्रोतको रुपमा सार्वजनिक ऋणलाई लिइन्छ । सार्वजनिक ऋण अन्तरगत देशभित्रबाट संकलन गरिने आन्तरिक ऋण र वैदेशिक स्रोतबाट प्राप्त गरिने बाह्य ऋण पर्छ ।


    अर्थ चाैतारी
  • विहिबार, २१ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट