logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बोइङले स्वीकार्‍यो आफूमाथि लागेको आरोप, २४ करोड डलर बढी जरिवाना तिर्न राजी

    बोइङले स्वीकार्‍यो आफूमाथि लागेको आरोप, २४ करोड डलर बढी जरिवाना तिर्न राजी

    1.1K
    SHARES
    बोइङले स्वीकार्‍यो आफूमाथि लागेको आरोप, २४ करोड डलर बढी जरिवाना तिर्न राजी

    काठमाण्डौ । अमेरिकी विमान निर्माता बोइङले एउटा आपराधिक धोखाधडीसम्बन्धी आरोपमा आफ्नो गल्ती स्वीकारेको छ।



    बीबीसीका अनुसार अमेरिकी सरकारले गरेको अनुसन्धानअनुसार कम्पनीले ७३७ म्याक्स विमान संलग्न भएको दुईवटा हवाइ दुर्घटनापछि पुनः समीक्षा गर्ने गरी भएको सम्झौता उल्लंघन गरेको भेटिएको थियो। ती दुई दुर्घटनामा ३ सय ४६ जना मानिसको मृत्यु भएको थियो।

    अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले कम्पनीले उक्त आरोप स्वीकार्दै २४ करोड ३६ लाख अमेरिकी डलर जरिवाना पनि तिर्ने बताएको छ। ५ वर्षअघिको दुर्घटनामा मृत्यु भएकाका परिवारले उक्त सम्झौतालाई ‘स्विटहार्ट डिल’ भएको र यसले सयौँको मृत्युको पूरा दायित्व लिनबाट पन्छिन कम्पनीलाई बाटो दिएको भन्दै आलोचना गरेका थिए।

    यससम्बन्धी भएको मुद्दा व्यवस्थापनलाई अब अमेरिकी न्यायाधीशले प्रमाणीकरण गर्नुपर्नेछ।आरोप स्वीकारेसँगै कम्पनीले पीडित परिवारले दबाब दिइरहेको अदालती प्रक्रियामा सामेल हुनुपर्नेछैन। सन् २०१८ र १९ मा भएका ती ठूला दुई दर्घटनापछि कम्पनी विमान सुरक्षालाई लिएर एकपछि अर्को संकटमा छ।

    सन् २०२१ मा अभियोजकहरुले बोइङविरुद्ध मुद्दा दर्ता गरेका थिए। त्यसमा कम्पनीले अदालतमा मुद्दा जानुअघि नै जरिवाना तिर्ने र तीन वर्षसम्म अनुगमन गरी यसबारे जानकारी गराउने सम्झौता गरेको थियो।


    अर्थ चाैतारी
  • सोमबार, २५ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट