logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नक्कली लाइसेन्स प्रकरणः उपसचिवसहित १५ जना विरुद्ध मुद्दा दायर

    नक्कली लाइसेन्स प्रकरणः उपसचिवसहित १५ जना विरुद्ध मुद्दा दायर

    2.3K
    SHARES
    नक्कली लाइसेन्स प्रकरणः उपसचिवसहित १५ जना विरुद्ध मुद्दा दायर

    काठमाण्डौ । नक्कली लाइसेन्स अभियोगमा यातायात व्यवस्था विभागका १५ जना विरुद्ध मुद्दा दायर भएको छ । फर्जी विवरण राखेर नक्कली लाइसेन्स वितरण गरेको आरोपमा उपसचिवसहित १५ जना विरुद्ध मुद्दा दायर भएको छ । झन्डै ३०० वटा नक्कली लाइसेन्स वितरण गरेको खुलासा पछि उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखित सम्वन्धी कसूरमा मुद्दा दायर भएको हो ।



    प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले नक्कली लाइसेन्स विवरण वितरणको विषयमा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा आरोपीहरुले ढड्डामार्फत वितरण हुँदै आएको लाइसेन्सको अभिलेख इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा सार्दा अर्कै विवरण राख्ने र नक्कली लाइसेन्स वितरण गरेको खुलासा भएको हो ।

    यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बटुवल कार्यालयका प्रमुख उपसचिव केशव अर्याल, तत्कालिन कम्प्युटर अपरेटरहरु नारायण प्रसाद पाण्डे, लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, पदमराज आचार्य सुवास पौडेल विरुद्ध मुद्दा दायर भएको छ।

    यस्तै, यातायात व्यवस्था कार्यालय, कावासोती नवलपरासीका तत्कालीन कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी, चितवनका सहायक चौथो राजेश लम्साल, झापाका कम्प्युटर अपरेटर विवेक भण्डारी र धनुषाका कम्प्युटर अपरेटर दिलीपकुमार शाहविरुद्ध पनि मुद्दा गरिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट