logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार

    सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार

    1.1K
    SHARES
    सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार

    काठमाण्डौ । सामाजिक सुरक्षा भत्ताको वितरणका लागि साउन १ देखि केही जिल्लाहरूमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।



    मन्त्री परिषदको बिहीबार बसेको बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

    सरकारले जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पहिलो चरणमा समाजिक सुरक्षा भत्ता प्राप्त गर्न कोशी,मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सहितको सातै प्रदेशका २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो।

    राष्ट्रिय परिचय पत्र वितरण कार्य पुरा भइ नसकेको र छोटो समयमै राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा ठूलो संख्यामा सर्वसाधारणहरू सामाजिक सुरक्षा सेवाबाट बञ्चित हुनुपर्ने संभावना भएको निष्कर्ष सहित मन्त्री परिषदको पछिल्लो बैठकले तत्कालका लागि स्थगन गरेको हो ।

    परिचय पत्र अनिवार्य गरिएपछि २८ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूमा सेवाग्राहीको भीड बढेको थियो। छरितो सेवा पाउन नसक्दा नागरिकले सास्ती खेप्नु परेको थियो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट