logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • विजय लघुवित्तको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, एफपीओ निष्काशन प्रस्ताव पारित

    विजय लघुवित्तको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, एफपीओ निष्काशन प्रस्ताव पारित

    923
    SHARES
    विजय लघुवित्तको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, एफपीओ निष्काशन प्रस्ताव पारित

    काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षतामा सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा असार ३० गते सम्पन्न भएको हो ।



    सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर सम्बन्धित नियकायबाट स्वीकृति लिई थप सार्वजनिक (एफपीओ) निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

    साथै, सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।

    चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ४ जना र सर्वसाधारण समूह ‘ख’ बाट २ जना सञ्चालक नियक्त गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

     

    सभा प्रयोजनार्थ कम्पनीले असार १७ देखि बुक क्लोज गरेको थियो । यसका आधारमा असार १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा उपस्थित भएका थिए ।


    अर्थ चाैतारी
  • सोमबार, ३२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट