logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भारतमा घट्यो सुनको भन्सार दर, नेपालमा बढ्यो तस्करीको थप जोखिम

    भारतमा घट्यो सुनको भन्सार दर, नेपालमा बढ्यो तस्करीको थप जोखिम

    1.1K
    SHARES
    भारतमा घट्यो सुनको भन्सार दर, नेपालमा बढ्यो तस्करीको थप जोखिम

    काठमाण्डौ । भारत सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत सुनको भन्सार दर घटाएको छ । अर्थमन्त्री निर्मला सितारमणले २०२४–२५ का लागि बजेट सार्वजनिक गर्दै सुनचाँदीको भन्सार दर हेरफेर गरेकी हुन् ।



    भारतमा सन् २०२३–२४ मा सुनको भन्सार दर १४.३५ प्रतिशत थियो । यसलाई २०२४–२५ को युनियन बजेटमार्फत अर्थमन्त्री सितारमणले ५.३५ प्रतिशतमा झारेकी हुन् । यसैगरी अर्थमन्त्री सितारमणले चाँदीको भन्सार दर समेत घटाएकी छिन् । उनले यसअघि १५ प्रतिशत रहेको चाँदीको भन्सार दर समेत घटाएर ६ प्रतिशतमा ल्याएकी हुन् । यस्तै प्लाटिनम, ओस्मिअम, इरिडिअम लगायत अन्य धातुको भन्सार दर समेत घटेर ६ प्रतिशतमा आइपुगेको छ ।

     

    यससँगै नेपाल र भारतमा सुनको भन्सार दर भिन्नता फराकिलो बनेको छ । चालू आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भन्सार दर बढाएर २० प्रतिशत पुर्‍याएका थिए । आर्थिक वर्ष २०८१–८१ को बजेट सार्वजनिक गर्दै उनले सुनको भन्सार दर बढेको घोषणा गरेका थिए । त्यसअघि आर्थिक वर्ष २०८०–८१ का लागि सुनको भन्सार दर १५ प्रतिशत थियो । जुन भन्सार दर पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको पालामा बढेको थियो । उनले एकै पटक सुनको भन्सार ५० प्रतिशत बढाउँदै १० बाट १५ प्रतिशत पुर्‍याएका थिए ।

     

    यससँगै नेपालतर्फ भारतबाट सुनको तस्करी बढ्ने अड्कलबाजी हुन थालेको छ । व्यवसायीहरूले बजेट घोषणा हुँदै भारतबाट तस्करी बढ्ने जोखिम बढेको बताएका थिए । तर अब भारतले १५ प्रतिशतबाट ६ प्रतिशतमा झारेसँगै तस्करीको जोखिम झनै बढेको हो ।

    हालसम्म नेपालमा संयुक्त अरब इमिरेट्स, चीन, कतार तथा हङकङ लगायतका मुलुकबाट सुन तस्करी हुँदै भारत जान्थ्यो । अब भारतले भन्सार दर नेपालकोभन्दा सस्तो बनाइदिएपछि भारतबाट सहजै तस्करी हुने देखिएको व्यवसायीहरू बताउँछन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट