logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • ऋण असुलीमा कठोर विधि नअपनाउन राष्ट्र बैंकको निर्देशन

    ऋण असुलीमा कठोर विधि नअपनाउन राष्ट्र बैंकको निर्देशन

    1.6K
    SHARES
    ऋण असुलीमा कठोर विधि नअपनाउन राष्ट्र बैंकको निर्देशन

    काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाले बचत लिँदा कति प्रतिशत ब्याजदर दिएको हो लिखित रूपमा जानकारी गराउनुपर्ने छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई निर्देशन दिँदै बचत लिँदा बचतको ब्याजदर समेत ग्राहकहरूलाई लिखित रुपमा जानकारी गराउनुपर्नेछ ।



    साथै ग्राहकको सहमति नलिई निजको खाताबाट कुनै रकम कट्टा गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ । साथै लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि कुनै किसिमको अपमानजनक एवं कठोर विधि नअपनाउन राष्ट्र बैंकको निर्देशन छ ।

    लघुवित्त संस्थाले ग्राहकलाई उपलब्ध गराउने सेवा सम्बन्धी जानकारी वा सूचनामा प्रयोग गर्ने भाषा सरल र स्पष्ट बनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । ग्राहकसँगको कारोबारमा प्रयोग हुने कागजातहरु ग्राहकले सजिलै पढ्न वा बुझ्न सक्ने बनाउनुपर्नेछ । आन्तरिक तथा अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग हुने कागजातहरु अंग्रेजी भाषामा समेत तयार गर्न सकिनेछ ।


    अर्थ चाैतारी
  • सोमबार, १४ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट