logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • फेरिए २१ सचिव, अर्थसचिवमा घिमिरे आउँदा मरासिनिलाई उपराष्ट्रपति कार्यालयमा सरुवा

    फेरिए २१ सचिव, अर्थसचिवमा घिमिरे आउँदा मरासिनिलाई उपराष्ट्रपति कार्यालयमा सरुवा

    936
    SHARES
    फेरिए २१ सचिव, अर्थसचिवमा घिमिरे आउँदा मरासिनिलाई उपराष्ट्रपति कार्यालयमा सरुवा

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुसँग छलफल गरेको एक दिनमै सरुवा गरेका छन् । उनले एकै पटक २१ जना सचिवहरुको सरुवा गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।



    दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी पाएका छन् । उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहेका मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा सरूवा भएका छन् ।

    हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । हालका अख्तियारमा सचिव रहेका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । डिल्लीराम शर्माको राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएको छ । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठको प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन् ।

    यस्तै, भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव अर्जुन प्रसाद पोखरेल बनेका छन् । उनी हाल राष्ट्रिय तथ्यांक कार्यालयमा थिए । हाल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्यांक कार्यालय पुगेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट