logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आवेदन यथावत राखि मातृभूमि लघुवित्तले दोस्रोपटक माग्यो सीईओ

    आवेदन यथावत राखि मातृभूमि लघुवित्तले दोस्रोपटक माग्यो सीईओ

    1.3K
    SHARES
    आवेदन यथावत राखि मातृभूमि लघुवित्तले दोस्रोपटक माग्यो सीईओ

    काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्थाले दोस्रो पटक प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन आह्वान गरेको छ । यसअघि आवेदकहरूले दिएका आवेदन यथावत राखि समय थप गरी पुनः सीईओका लागि दरखास्त आह्वान गरेको हो ।



     

    यसअघि गत साउन २ गते आवेदन आह्वान गर्दै साउन ९ गतेसम्म सीईओका लागि आवेदन आह्वान गरेको थियो । तर, सो अवधिमा परेका आवेदनको सुनुवाई नगर्दै पुनः दोस्रोपटक सीईओका लागि आवेदन आह्वान गरेको हो । अब लघुवित्तको सीईओ बन्न इच्छुक व्यक्तिले साउन २१ गतेसम्म आवेदन दिनुपर्नेछ ।

    इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित दरखास्त आवेदन दिन लघुवित्तले आग्रह गरेको हो ।

     

    मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिको तहमा रही कम्तिमा १० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ ।

    लघुवित्तको सीईओका लागि आवेदन दिँदा ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ । तलब तथा अन्य सुविधा आपसी समझदारीमा तय गरिने लघुवित्तले जनाएको छ । लघुवित्तका अनुसार व्यावसायिक योजना, प्रस्तुतिकरण तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिनेछ । रितपुर्वक प्राप्त दरखास्तमध्ये शैक्षिक योग्यता तथा कार्यानुभका आधारमा सर्टलिष्टमा परेका आवेदकहरूलाई मात्र संस्थाको व्यवसायिक योजना, प्रस्तुतिकरण र अन्तर्वार्तामा सामेल गराईनेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट