logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • ४०.७६ अंकले बढ्यो सेयर बजार, पौने २२ अर्बको कारोबार

    ४०.७६ अंकले बढ्यो सेयर बजार, पौने २२ अर्बको कारोबार

    676
    SHARES
    ४०.७६ अंकले बढ्यो सेयर बजार, पौने २२ अर्बको कारोबार

    काठमाण्डौ । सोमबार सेयर बजार उकालो लागेको छ । उतारचढावका बीच सेयर बजार उकालो लागेको हो । आज नेप्से परिसूचक १.४७ प्रतिशत अर्थात् ४०.७६ अंकले बढेर २७९६.३८ बिन्दुमा पुगेको छ ।



     

    कारोबार अवधिभर ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कुल १३ उपसमूहमध्ये ७ समूहको उपसूचक हरियाली छन् भने बाँकी ६ उपसूचक राताम्य बनेको छ । आज बैंक तथा वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सोचेअनुरुप नआएपछि यी सेक्टर भने घटेका हुन् । यस दिन होटल एण्ड पर्यटनको सर्वाधिक ६.६९ प्रतिशतको ग्रोथ देखिएको छ ।

     

    त्यस्तै व्यापार र अन्य समूहमा पनि लगानीकर्ता झुम्मिएका छन् । यी २ समूहम ५ प्रतिशतभन्दा धेरैको वृद्धि देखिन्छ । हाइड्रोपावर, लगानी, जीवन बीमा, र निर्जीवन बीमा समूह पनि बढेका छन् ।

    यस दिन फाइनान्स समूह सबैभन्दा धेरै ४.६१ प्रतिशतले घटेको छ । बैंकिङ समूह, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र म्युचुअल समूहको घटेको छ ।

    ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रूरू जलविद्युत, सीईडीबी हाइड्रोपावर, सगरमाथा जलविद्युत, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङ खोला, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    लगातार उकालो लागेको नेपाल फाइनान्सको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । हिमालयन रि-इन्स्योरेन्सको


    अर्थ चाैतारी
  • सोमबार, २१ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट