logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सेयर बजारमा १४५ अंकले ओरालो, अर्बमाथिको कारोबार

    सेयर बजारमा १४५ अंकले ओरालो, अर्बमाथिको कारोबार

    871
    SHARES
    सेयर बजारमा १४५ अंकले ओरालो, अर्बमाथिको कारोबार

    काठमाण्डाै । मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ । एक महिना यता लगातार बढेर झण्डै २८ सयको विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक १४५ अंकले गिरावट आउँदै २६५१ अंकमा झरेको हो ।



    नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार समग्रमा नेप्से ५.१८ प्रतिशतले बजार खस्किएको छ । तथापि यसदिन २३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

    २३३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८ वटा कम्पनीको मात्र बढेको छ । मंगलबार हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    मंगलबार १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट