logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफामा ३६२.५९ प्रतिशत उछाल, लाभांश क्षमता कति ?

    मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफामा ३६२.५९ प्रतिशत उछाल, लाभांश क्षमता कति ?

    2.4K
    SHARES
    मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफामा ३६२.५९ प्रतिशत उछाल, लाभांश क्षमता कति ?

    काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।



    अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा लघुवित्तको नाफा ३६२.५९ प्रतिशत बढेको हो ।

    गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत बढेर ८७ करोड ४८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ७६ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ३०.८८ प्रतिशत बढेर ११ करोड ७८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशत बढेर ९९ करोड २९ लाख रुपैयाँ र सञ्चालन मुनाफा ३५२.७४ प्रतिशत बढेर ३१ करोड ३१ लाख रुपैयाँ छ ।

    गत वर्ष लघुवित्तको वितरणयोग्य नाफा १९ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । यसआधारमा लघुवित्तले १४.८७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ र जगेडा कोष ४५ प्रतिशत बढेर ८४ करोड ४५ लाख रुपैयाँ सञ्चित छ ।

    गत वर्ष लघुवित्तको निक्षेप तथा सापटी २.११ प्रतिशत घटेर ११ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ र कर्जा लगानी ०.४८ प्रतिशत घटेर १३ अर्ब ८५ करोड १ लाख रुपैयाँ गरेको छ ।

    नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी १३.०४ रुपैयाँ बढेर १६.६३ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६०.५३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४२.०८ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट