logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्से सूचक २९ सय अंकमा उक्लियो

    नेप्से सूचक २९ सय अंकमा उक्लियो

    1.5K
    SHARES
    नेप्से सूचक २९ सय अंकमा उक्लियो

    काठमाण्डौ । निकै लामो समयपछि सेयर बजार परिसूचक नेप्से २९ सय अंकमा उक्लिएको छ । सोमबार दिउँसो साढे १ बजेसम्म नेप्से सूचक ४६.३६ अंकले बढ्दै २९०७.२१ विन्दुमा उक्लिएको हो । यो कोभिड–१९ पछिकै उच्च विन्दु हो ।



    सन् २०२० मा विश्वमा कोभिड–१९ को महामारी चल्दैगर्दा नेपाल समेत प्रभावित थियो । महामारीबाट बच्न करिब १२० दिन लकडाउन गरिएको थियो । उक्त समयमा अन्य व्यापार व्यवसायको क्षेत्र प्रायः ठप्प रहँदा सेयर बजारमा भने राम्रो कारोबार भएको थियो ।

    जतिबेला नेप्से सूचक ‘अल टाइम हाई झण्डै ३२ सयको अंकमा पुगेको थियो । त्यसयता निरन्तर ओरालो लागेर १८ सयको बिन्दुमा झरिसकेको नेप्से सूचकले पुनः उकालो यात्रा समातेको छ । सोमबारको कारोबार दिनमा नेप्से सूचकको २९ सय बिन्दुको यात्राले थप बढ्ने निश्चित गरेको छ ।

    उसो त अघिल्लो दिन ९४ अंकले नेप्से बढ्दै गर्दा हालसम्मकै उच्च २५ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज पनि करिब २ घण्टाको समयमा १७ अर्ब ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भइसकेको छ ।

     


    अर्थ चाैतारी
  • सोमबार, २८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट