logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

    माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

    767
    SHARES
    माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

    काठमाण्डौ । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन फाराम खुलाएको छ ।आगामी भदौ २३ गतेसम्म १ हजार रुपैयाँ नियमित दस्तुरमा र ३० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने गरी आयोगले फाराम खुलाएको हो ।



    शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ ।

    आयोगका अनुसार आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्त दिन सकिनेछ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं तोकिएका कागजातहरू पेस गरेपछि परिवर्तन नगर्न आयोगको सुझाव छ ।


    अर्थ चाैतारी
  • सोमबार, २८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट