logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • शेयर बजार ८ अंकले घट्यो, २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार

    शेयर बजार ८ अंकले घट्यो, २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार

    754
    SHARES
    शेयर बजार ८ अंकले घट्यो, २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार

    काठमाण्डौ । आज शेयर बजारमा सामान्य गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव १८ अंकले घटेर २९२३ को विन्दुमा कायम भएको छ ।



    आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ । आज २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज दिनभरिमा ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट