logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • शेयर बजार ३४.२९ अंकले बढ्यो, २३ अर्ब ४३ करोड माथिको शेयर कारोबार

    शेयर बजार ३४.२९ अंकले बढ्यो, २३ अर्ब ४३ करोड माथिको शेयर कारोबार

    2.6K
    SHARES
    शेयर बजार ३४.२९ अंकले बढ्यो, २३ अर्ब ४३ करोड माथिको शेयर कारोबार

    काठमाण्डौ । आज शेयर बजार ३४ दशमलव २९ अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव २९ अंकले बढेर २,९५७ को विन्दुमा कायम भएको छ । आज १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको घटेको छ ।



    आज दिनभरिमा ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपिको ७५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै ९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआइडीसीएल, माउन्टेन हाइड्रो, हिमालयन हाइड्रो, इङ्वा हाइड्रो र अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, ३० साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट