logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • झिनो अंकले बढेको सेयर बजारमा १८ अर्ब ९० करोडको कारोबार

    झिनो अंकले बढेको सेयर बजारमा १८ अर्ब ९० करोडको कारोबार

    845
    SHARES
    झिनो अंकले बढेको सेयर बजारमा १८ अर्ब ९० करोडको कारोबार

    काठमाण्डौ । बुधबार सेयर बजार परिसूचक नेप्से २.११ अंकले बढेर २९६८.४४ अंकमा अडिएको छ।



    दिनभर राताम्मे बनेको बजार अन्तिम समयमा भने लगानीकर्ताले सेयर माग बढाउँदा हरियो बनेर बन्द भयो । आइतबार करेक्सन देखिएको सेयर बजारमा सोमबार र मंगलबारको सार्वजनिक बिदापछि बुधबारको बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।

    बुधबार ३३७ कम्पनीका २ लाख १४ हजार २ सय १९ पटकको कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा कारोबार रकम १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२ रुपैयाँ रहेको छ । १०० कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा स्थिर रहेको छ ।

    १३ उपसमूहमध्ये ५ वटा बढ्दा ८ वटा घटेको छ । सर्वाधिक बढ्नेमा फाइनान्स इन्डेक्स रहेको छ । चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, यस दिन सवार्धिक गुमाउनेमा कर्णाली डेभलपमेन्ट बैंकका लगाीकर्ता छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ५ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट