logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • मातृभूमि लघुवित्तको सीईओमा शर्मा नियुक्ति

    मातृभूमि लघुवित्तको सीईओमा शर्मा नियुक्ति

    962
    SHARES
    मातृभूमि लघुवित्तको सीईओमा शर्मा नियुक्ति

    काठमाण्डाै । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । २०८१ भदौ ५ गतेदेखि लागू हुनेगरी शर्मा ४ वर्षका लागि लघुवित्तको सीईओ नियुक्त भएका हुन् ।



    २०८१ भदौ २ गते बसेको लघुवित्त सञ्चालक समितिको १४७ औं बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ शर्मा वगनासकाली–७, पाल्पाका हुन् ।

    नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेसँगै मातृभूमि लघुवित्त वित्तीय संस्थाले नियामक नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्च, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ६ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट