logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • शेयर बजार परिसूचक नेप्से ७९.८८ अंकले ओरालो, १९ अर्ब ७४ करोड बढीको कारोबार

    शेयर बजार परिसूचक नेप्से ७९.८८ अंकले ओरालो, १९ अर्ब ७४ करोड बढीको कारोबार

    1.7K
    SHARES
    शेयर बजार परिसूचक नेप्से ७९.८८ अंकले ओरालो, १९ अर्ब ७४ करोड बढीको कारोबार

    काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार शेयर बजारमा करेक्सन आएको छ। आज शेयर बजार परिसूचक नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ को बिन्दुमा पुगेर रोकिएको छ ।



    आज कारोबारमा आएका  ३३३ कम्पनीका ४ करोड २६ लाख ८६ हजार ६ सय ४० कित्ता शेयर खरिद बिक्रीबाट कुल १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपैयाँ ६४ पैसाको कारोबार भएको छ। जस मध्ये अपि पावरको सर्वाधिक ८४ करोड ६८ लाखको कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ७३ करोड ४३ लाख तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५१ करोड ९६ लाखको कारोबार भएको छ।

    आज कारोबारमा आएका मध्ये विन नेपाल लघुवित्त, उपकार लघुवित्त, र आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। आज थ्री स्टार हाइड्रोको शेयर मूल्य ९.९४ प्रतिशत तथा धौलागिरी लघुवित्तको शेयर मूल्य ८.१४ प्रतिशत बढेको छ ।

    आज मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.९१ प्रतिशत घटेको छ भने कुमारी बैंकको ऋणपत्रको शेयर मूल्य ९.०९ प्रतिशत घटेको छ । त्यस्तै कुथेली बुखारी हाइड्रोको शेयर मूल्य ७.९४ प्रतिशत घटेको छ ।

    आज कारोबारमा आएका मध्ये माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक बढेको छ । आज माइक्रोफाइनान्स समूह १.०८ प्रतिशत बढेको छ । आज इन्भेष्टमेन्ट समूह सर्वाधिक ३.८३ प्रतिशत घटेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ९ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट