logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • शेयर बजारमा १११ अंकको गिरावट हुँदा १८ अर्ब ६४ करोड माथिको कारोबार

    शेयर बजारमा १११ अंकको गिरावट हुँदा १८ अर्ब ६४ करोड माथिको कारोबार

    1.9K
    SHARES
    शेयर बजारमा १११ अंकको गिरावट हुँदा १८ अर्ब ६४ करोड माथिको कारोबार

    काठमाण्डौ । आज मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक १११ दशलमव ९६ अंकले घटेर २,७८२ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ५१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्यालीको ४५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, आत्मानिर्भर लघुवित्त र दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । थ्रि स्टारका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ११ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट