logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • नेप्सेमा अन्तिम समयमा ३.८० अंकको वृद्धि भएर बन्द भयो बजार

    नेप्सेमा अन्तिम समयमा ३.८० अंकको वृद्धि भएर बन्द भयो बजार

    1.7K
    SHARES
    नेप्सेमा अन्तिम समयमा ३.८० अंकको वृद्धि भएर बन्द भयो बजार

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार बढेको छ । बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २ हजार ७८६.४० को बिन्दुमा पुगेको हो ।



    यसदिन ३ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड हाराहारीको कारोबार भएको नेप्सेले जनाएको छ । आज नेप्से परिसूचक तीव्र उतार चढाव हुँदै गर्दा अन्तिम समयमा भने वृद्धि भएर बजार बन्द भएको हो ।

    यसअघि मंगलबार भने सेयर बजार परिसूचक नेप्सेमा १११.९६ अंकको पहिरो गएको थियो । बुधबार बैंकिङ, होटेल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट, म्यानुफ्याक्चरिङ, मिचुअल फन्ड र अन्य उपसूचकमा वृद्धि भएको नेप्सेले जनाएको छ ।

    यस्तै नेप्सेका अनुसार बुधबार ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यस्तै यसदिन सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १२ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट