logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • स्टार माइक्रोले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

    स्टार माइक्रोले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

    754
    SHARES
    स्टार माइक्रोले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

    काठमाण्डौ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।



    कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि सम्झौता भएको छ । सो सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरेको छन् ।

    कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरू निष्काशन गर्न लागेको छ । प्रति शेयर मूल्य एक सय रुपैयाँको दरमा सर्वसाधारणहरूमा शेयर निष्काशन गर्न लागिएको जनाएको छ ।

    कम्पनीले २०८० देखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरूमार्फत लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई निर्जीवन लघु बीमा सेवा पुर्याउने लक्ष्य रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १३ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट