logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • दुर्गा प्रसाईंको बीएन्डसीले पायो एमबीबीएस पढाउने औपचारिक स्वीकृति

    दुर्गा प्रसाईंको बीएन्डसीले पायो एमबीबीएस पढाउने औपचारिक स्वीकृति

    923
    SHARES
    दुर्गा प्रसाईंको बीएन्डसीले पायो एमबीबीएस पढाउने औपचारिक स्वीकृति

    काठमाण्डाै । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५० जना विद्यार्थी पढाउने औपचारिक स्वीकृति पाएको छ। उक्त मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई‌ हुन्।



    कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए। आयोगले सिट निर्धारणबारे सार्वजनिक सूचना शुक्रबार नै जारी गरिसकेको उनले जानकारी दिए। बिर्तामोड नगरपालिका-५, बिर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो।

    नेपाल सरकारबाट २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउन सम्पूर्ण पूर्वाधार बनाइसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नुपरेको जनसम्पर्क अधिकृत गिरीले बताए। सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो। सोही आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन दिएको हो।

    बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए। बिर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर-११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्राडा शर्माले जानकारी दिए।

    पठनपाठनका लागि कलेजका तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको समेत उनको भनाइ छ। ‘मेची अञ्चलबासीका लागि यो महत्त्वपूर्ण उपलब्धि र खुसीको विषय हो’, उनले भने। बीएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगभग दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।


    अर्थ चाैतारी
  • शनिबार, २२ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट