logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सरकारी कार्यालयमा खाजा समय ३० मिनेट

    सरकारी कार्यालयमा खाजा समय ३० मिनेट

    1.2K
    SHARES
    सरकारी कार्यालयमा खाजा समय ३० मिनेट

    काठमाण्डौ । सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका छन् ।



    उनले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।’

    प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोध गरेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २४ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट