logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

    सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

    2.4K
    SHARES
    सातैवटा प्रदेशमा नेपाल बैंकर्स संघको डिजिटल वित्तीय साक्षरता कार्यक्रम

    काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए) ले सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सम्पन्न गरेको छ । इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको एनबीएले जनाएको छ ।



    बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका ४ सयभन्दा बढी कर्मचारीको सहभागिता जनाएका थिए । कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको बुझाईमा थप विकास गर्ने, आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्ने, ग्राहकको चेतनाको स्तर अभिबृद्धि गर्ने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्ने लगायतका विषयमा केन्द्रीत थियो ।

    कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण, सीमापार डिजिटल कारोवार, बढ्दै गईरहेको साइबर ठगी र त्यससंग सम्बन्धित बढ्दो चुनौतीहरू जस्ता प्रमुख विषयहरू समेटेको थियो । त्यसैगरी सहभागीहरूलाई बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग, त्यसका फाइदा लगायत डिजिटल वित्तीय सेवाहरूका पछिल्ला घटनाक्रमहरूको व्यवहारिक पक्षको बारेमा जानकारी गराउदै साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराएको एनबीएले जनाएको छ ।

    कार्यक्रमले डिजिटल वित्तीय सेवा बारे बैंकका कर्मचारीले पुर्याउनुपर्ने भूमिकालाई जोड दिदै कर्मचारीहरूको आवश्यक ज्ञान, सिप र क्षमता अभिवृद्धि गरि डिजिटल वित्तीय सशक्तिकरण तर्फ नेपालको यात्रामा एउटा महत्वपूर्ण योगदान पुर्याउनुको जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २४ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट