logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • मातृभूमि लघुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

    मातृभूमि लघुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

    3.1K
    SHARES
    मातृभूमि लघुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

    काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रधुम्न कुमार भट्टराई नियुक्त भएका छन् । कागेश्वरी–६, काठमाण्डौ निवासी भट्टराईलाई कम्पनीले ४ वर्षको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।



     

    उनलाई भदौ २२ गते वित्तीय संस्थाले स्वागत गर्दै सञ्चालक समितिका अध्यक्ष लोकराज शर्माले पद तथा गोपनियताको सपथ दिलाएका छन् । भट्टराईले नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरेका छन् भने उनीसँग साविकको मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा कार्यकारी निर्देशक भई काम गर्नुको साथै तथा विभिन्न वित्तीय संस्थाहरुमा सञ्चालक भई काम गरेको छ ।

    लघुवित्तले ६० वटा जिल्लामा २३६ वटा शाखा कार्यालयहरु रहेको र सो शाखाहरुबाट २ लाख १६ हजार सदस्यलाई लघुवित्त सेवा प्रवाह गरिरहेको छ । वित्तीय संस्थाले करिब १२ अर्ब कर्जा लगानी गरेको र सदस्यहरुबाट ४ अर्ब निक्षेप परिचालन गर्न सफल भएको छ । वित्तीय संस्थामा ९२१ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

     


    अर्थ चाैतारी
  • मंगलबार, २५ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट